Rule 10
प्रमाण बुझ्न अदालतको सहयोग लिने कार्यविधि
(१) ऐनको दफा २३ बमोजिम प्रमाण बुझ्ने प्रयोजनका लागि अदालतको सहयोग आवश्यक परेमा मध्यस्थले सम्बन्धित जिल्ला अदालत समक्ष लिखित अनुरोध गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गरिने अनुरोधमा निम्न कुरा उल्लेख हुनुपर्नेछः –
(क) पक्ष विपक्षको नाम, थर र वतन,
(ख) विवादको प्रकृति र मध्यस्थ समक्ष उपचार खोजिएको विषय,
(ग) मध्यस्थ समक्ष विचाराधीन रहेको विवादका सम्बन्धमा जिल्ला अदालतबाट के कस्तो प्रमाण बुझ्ने विषयमा कुन प्रकारको सहयोग आवश्यक परेको हो सो सम्बन्धी कुरा ।
(३) कुनै व्यक्तिसंग कुनै कुरा खुलाई कागज गर्ने कामका लागि जिल्ला अदालतलाई लेखी पठाउंदा सोध्नु पर्ने कुराको स्पष्ट सवाल तयार गरी पठाउनु पर्छ । यसरी सोध्नु पर्ने सवाल खुलाई लेखी आएमा जिल्ला अदालतले प्रचलित कानून बमोजिमको कार्यविधि अपनाई त्यस्ता व्यक्तिलाई झिकाई सवाल बमोजिमको जवाफ खुलाई पठाई दिनुपर्छ ।
(४) उपनियम (२) बमोजिमको निवेदन पर्न आएमा निवेदनको प्रकृति हेरी जिल्ला अदालतले सम्बन्धित व्यक्तिलाई स्वयं मध्यस्थ समक्ष उपस्थित भै वयान दिन वा मध्यस्थको निर्णयमा तात्विक असर पार्ने किसिमको निजको जिम्मामा रहेको कुनै प्रमाणको लिखत पेश गर्नुपर्ने रहेछ भने सो पेश गर्न वा अन्य कुनै आवश्यक काम कुरा गर्न वा मध्यस्थ समक्ष उपस्थित भै वयान दिन वा प्रमाणका कुनै लिखत पेश गर्न आदेश दिन सक्नेछ ।
(५) उपनियम (३) वा (४) बमोजिम जिल्ला अदालतले दिएको आदेश पालन नगर्ने व्यक्तिलाई अदालतले आफ्नो अवहेलनामा प्रचलित कानून बमोजिम कारबाही र सजाय गर्नसक्नेछ ।